फेदीखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा एमाले विजयी
गाउँपालिकाको अध्यक्ष पदमा एमालेका घनश्याम सुवेदी ३ हजार ८३६ मतसहित दोस्रो कार्यकालका लागि निर्वाचित हुँदा नेपाली कांग्रेसका लक्ष्मीप्रसाद बरालल ३ हजार ७०४ मत प्राप्त गरे ।
काठमाडौं, जेठ २ : स्याङ्जाको फेदीखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पद नेकपा एमालेले जितेको छ। सोमबार सम्पन्न मतगणनाको अन्तिम परिणामका अनुसार गाउँपालिकाको अध्यक्ष पदमा एमालेका घनश्याम सुवेदी निर्वाचित भएका हुन्। उनी फेदीखोलाको निवर्तमान अध्यक्ष समेत हुन्।
सुवेदी ३ हजार ८३६ मतसहित दोस्रो कार्यकालका लागि निर्वाचित हुँदा नेपाली कांग्रेसका लक्ष्मीप्रसाद बरालल ३ हजार ७०४ मत प्राप्त गरे ।
उपाध्यक्षमा एमालेकै देउकुमारी गुरुङ ३ हजार ९७८ मतसहित विजयी भएकी छन् भने माओवादी केन्द्का शिवप्रसाद पराजुलीले २ हजार ३७९ मत पाए ।
यहाँ नेपाली कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेर चुनाव लडेका थिए।
प्रकाशित मिति: १८:११ बजे, सोमबार, जेठ २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











