Kathmandu Press

वीरगञ्जमा सरावगीलाई साढे २ हजार मतान्तरले पछि पार्दै सिंहको अग्रता 

९ हजार ५३८ मत गनिसक्दा जसपाका सिंंहले ४ हजार ६५७ मत पाएका छन् भने एमालेका सरावगीले २ हजार ५९ मत ल्याएका छन्।
वीरगञ्जमा सरावगीलाई साढे २ हजार मतान्तरले पछि पार्दै सिंहको अग्रता 

काठमाडौं, जेठ २ : वीरगञ्ज महानगरपालिकामा गठबन्धनका उम्मेदवारले फराकिलो अग्रता लिएका छन्।

सोमबार साँझसम्मको मतगणनाको नतिजाअनुसार महानगरको मेयर पदमा गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)का राजेशमान सिंहले एमाले उम्मेदवार विजयकुमार सरावगीसँगको मतान्तर फराकिलो बनाउँदै लगेका हुन्। 

९ हजार ५३८ मत गनिसक्दा जसपाका सिंंहले ४ हजार ६५७ मत पाएका छन् भने एमालेका सरावगीले २ हजार ५९ मत ल्याएका छन्। यस हिसाबमा सिंह सरावगीभन्दा २ हजार ५९८ मतले अगाडि छन्। मेयरमै राप्रपाका गिरिश गिरीले १५० मत ल्याएका छन्। 

उपमेयरतर्फ नेपाली कांग्रेसका इम्तियाज आलमले ३ हजार १० मत पाउँदा लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तम लाल झाले ४८९ मत पाएका छन् ।

प्रकाशित मिति: १७:४६ बजे, सोमबार, जेठ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्