Kathmandu Press

महिला क्रिकेट : नेपाल युगान्डासँग पराजित

काठमाडाैं, जेठ १ : महिला टी ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आज (साेमबार) भएको पहिलो खेलमा नेपाल अफ्रिकी राष्ट्र युगान्डासँग पराजित भएको छ।कीर्तिपुरथित त्रिवि क्रिकेट मैदानमा...
महिला क्रिकेट : नेपाल युगान्डासँग पराजित

काठमाडाैं, जेठ १ : महिला टी ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आज (साेमबार) भएको पहिलो खेलमा नेपाल अफ्रिकी राष्ट्र युगान्डासँग पराजित भएको छ।

कीर्तिपुरथित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल युगान्डासँग १२ रनले पराजित भएको हो। युगान्डाले जीतका लागि दिएको १०३ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ९ विकेट गुमाएर ९० रनमा समेटियो। 

नेपालका लागि इन्दु वर्माले सर्वाधिक १६ रन जोडिन् भने डोली भट्टले १३ रन बनाइन्।  विन्दु रावल १२ रनमा आउट हँुदा कविता कुँवरले ११ रन जोडिन्। त्यसैगरी कप्तान रुबिना क्षेत्री ९ रनमा आउट भइन् भने ज्योति पाण्डेले ६, रोमा थापाले ५, कविता जोशीले ४ तथा अप्सरी बेगमले १ रन जोडिन्। बलिङमा युगान्डाकी कोन्सी अवेको र सारा एकिटेङले समान दुईरदुई विकेट लिए भने जनेट एमबाबाजीले १ विकेट लिइन्। 

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युगान्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०२ रनको योगफल बनायो। युगान्डाका लागि जनेट एमबाबाजीले सर्वाधिक २९ रनको योगदान दिइन्। त्यसैगरी केभिन अविनोले १५ रन बनाइन् भने फ्रान्कलिन नाजुम्बाले १२, रीता एनयागेन्गोले १८ तथा रीता मुसामालीले १३ जोडिन्। 

बलिङमा नेपालकी कविता कुँवरले २ विकेट लिइन् भने कप्तान रुबिना क्षेत्री, कविता जोशी र इन्दु बर्माले समान एक÷एक विकेट लिए। यस जीतसँगै युगान्डाले पाँच खेलको सिरिजमा १–० को अग्रता बनाएको छ। अब नेपालले भोलि युगान्डासँग दोस्रो खेल खेल्नेछ। 

प्रकाशित मिति: १७:४५ बजे, सोमबार, जेठ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्