Kathmandu Press

भक्तपुर नगरपालिकामा नेमकिपाकाे ‘क्लिन स्विप’

भक्तपुर नगरपालिकामा नेमकिपाकाे ‘क्लिन स्विप’

भक्तपुर, जेठ २ : भक्तपुर नगरपालिकाको प्रमुख, उपप्रमुख तथा वडाध्यक्षसहित सबै पदमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले विजय हासिल गरेको छ।

नगरको १० वटै वडामा अध्यक्ष तथा सदस्य पदमा समेत नेमकिपाले दोस्रो पटक विजय हासिल गरेको हो। नगर प्रमुखमा सुनिल प्रजापति २९ हजार २ सय मत प्राप्त गरी निर्वाचित भए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका राम कासुलाले ३ हजार ३५२ मत प्राप्त गरे। प्रमुखका अर्का उम्मेदवार एमालेका रवीन्द्र लाछिमस्यूले २ हजार ८३७ मत प्राप्त गरे।

त्यस्तै प्रमुखकै उम्मेदवार सत्यराम त्वायनाले २ हजार ३४५, राष्ट्रिय प्रजातन्त्र पार्टीका बद्री लाखाजुले १ हजार १३८ र माओवादी केन्द्रका तुलसीभक्त सुवालले ७४२ मत प्राप्त गरे।

त्यसैगरी उपप्रमुखमा नेमकिपाकी रजनी जोशी २९ हजार ६९५ मतसहित निर्वाचित हुँदा उनका निकटम प्रतिद्वन्द्वी एमालेकी रञ्जना चापागाईं खर्वुजाले २ हजार ७८४ मत प्राप्त गरिन्।

त्यस्तै वडा १ अध्यक्षमा श्यामकृष्ण खत्री, २ मा हरिप्रसाद बासुकला, ३ मा राजकृष्ण गोरा, ४ उपेन्द्र सुवाल, ५ मा योगेन्द्रमान बिजुक्छे, ६ मा हरिराम सुवाल, ७ मा उकेश कवाँ, ८ मा कृष्णप्रसाद कोजू, ९ मा रविन्द्र ज्याख्व र वडा १० मा लक्ष्मी प्रसाद ह्यौंंमिखा विजयी हुनुभएको छ ।

प्रकाशित मिति: १६:५२ बजे, सोमबार, जेठ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्