Kathmandu Press

नेपाल-भारत सम्बन्ध हिमालजस्तै अटल : माेदी

काठमाडौं, जेठ २ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल-भारत सम्बन्ध हिमालजस्तै अटल रहेको बताएका छन्।२५६६औं बुद्धजयन्तीका अवसरमा आज (सोमबार) लुम्बिनीमा आयोजित विशेष समारोहलाई...
नेपाल-भारत सम्बन्ध हिमालजस्तै अटल : माेदी

काठमाडौं, जेठ २ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल-भारत सम्बन्ध हिमालजस्तै अटल रहेको बताएका छन्।

२५६६औं बुद्धजयन्तीका अवसरमा आज (सोमबार) लुम्बिनीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले नेपाल-भारत सम्बन्ध अत्यन्तै घनिष्ठ रहेको बताए।

नेपाल भ्रमणका क्रममा सोमबार नै लुम्बिनी आएका मोदीले बुद्धको जन्मस्थल लुम्बिनी आउन पाउँदा अत्यन्त खुसी लागेको बताए। नेपाल भ्रमणमा आउँदा आफूलाई राजनीतिकभन्दा पनि आध्यात्मिक अनुभूति हुने गरेको उनको भनाइ थियो।

नेपालबाट आफूले अध्यात्मिक आशीर्वाद पाउने गरेको पनि उनले बताए। ‘चाहे पशुपतिनाथ होस् वा मुक्तिनाथ होस्, जनकपुरधाम वा लुम्बिनी। जबजब नेपाल आउँछु, नेपाल आफ्नो आध्यात्मिक आशीर्वादबाट मलाई कृतार्थ गर्छ,’ उनले भने।

मोदीले नेपालस्थित गौतम  बुद्धको जन्मस्थल लुम्बिनीको ऊर्जा र चेतनास्तर नै फरक भएको पनि बताए।  ‘जहाँ गौतम बुद्धले जन्म लिएका थिए। यो स्थानको चेतना स्तर र ऊर्जा नै फरक छ,’ उनले भने,  ‘यहाँको चेतना स्तर र ऊर्जा अन्य स्थानको भन्दा फरक र उच्च छ।’ उनले भौगोलिक सीमाभन्दा माथि उठेर गौतम बुद्ध सबैको भएको स्पष्ट पारे।

प्रकाशित मिति: १६:४३ बजे, सोमबार, जेठ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्