Kathmandu Press

गुल्मी मदानेको अध्यक्षमा कांग्रेस उम्मेदवार विजयी, उपाध्यक्षमा एमाले

काठमाडौं, जेठ २ : गुल्मीको मदाने गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका महेन्द्रबहादुर कुँवर निर्वाचित भएका छन्। सोमबार सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार ४ हजार ७०७ मत...
गुल्मी मदानेको अध्यक्षमा कांग्रेस उम्मेदवार विजयी, उपाध्यक्षमा एमाले

काठमाडौं, जेठ २ : गुल्मीको मदाने गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका महेन्द्रबहादुर कुँवर निर्वाचित भएका छन्। सोमबार सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार ४ हजार ७०७ मत सहित कुँवर अध्यक्ष निर्वाचित भएका हुन्। 

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रेम केसीले ४ हजार ६९७ मत ल्याएका छन्। 

उपाध्यक्षमा नेकपा एमालेकी सरिता खड्का विजयी भएकी छन् । उनले ४ हजार ५६५ मत ल्याएकी छन् भने नेकपा माअ‍ोवादी केन्द्रका बेगम चन्दले ४ हजार २११ मत ल्याए । 

मदाने गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका थिए। 

प्रकाशित मिति: १६:२९ बजे, सोमबार, जेठ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्