डोटीको पूर्वचौकी गाउँपालिकामा कांग्रेसकाे ‘क्लिन स्विप’
२०७४ सालको स्थानीय निर्वाचनमा यहाँ नेकपा एमाले अध्यक्ष र उपाध्यक्षमा जित हासिल गरे पनि यसपालि उक्त गाउँपालिकाका सातै वडाध्यक्षसहित सबै सदस्य कांग्रेसले जितेको छ।
काठमाडौं, जेठ २ : डोटीको पूर्वचौकी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ।
अध्यक्षमा निर्वाचित भएका कांग्रेसका रामप्रसाद उपाध्यायले ५ हजार १ सय ३३ मत ल्याए। उनले एमालेका कृष्णकुमार खड्कालाई हराएका हुन्। खड्काले जम्मा २२०५ मत ल्याएका थिए।
उपाध्यक्षमा कांग्रेसकी पशुपति खड्का ४ हजार ७ सय २४ मतसहित निर्वाचित भइन्। उनका निकटतम प्रतिस्पर्धी एमालेकी शारदाकुमारी साउदले २ हजार ४ सय ४४ मत ल्याइन्।
२०७४ सालको स्थानीय निर्वाचनमा यहाँ नेकपा एमाले अध्यक्ष र उपाध्यक्षमा जित हासिल गरे पनि यसपालि उक्त गाउँपालिकाका सातै वडाध्यक्षसहित सबै सदस्य कांग्रेसले जितेको छ।
प्रकाशित मिति: १६:२१ बजे, सोमबार, जेठ २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार