Kathmandu Press

नाम्खा गाउँपालिकाको अध्यक्ष माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी 

हुम्लाको नाम्खा गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली काग्रेसका उम्मेदवार विजयी भएका छन् ।
नाम्खा गाउँपालिकाको अध्यक्ष माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी 

काठमाडौं, जेठ २ : हुम्लाको नाम्खा गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली काग्रेसका उम्मेदवार विजयी भएका छन् । 

सोमबार सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका प्रेमबहादुर लामा विजयी भएका हुन् । लामा १ हजार ४६६ मत प्राप्त गरि अध्यक्ष निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सूर्यबहादुर लामाले ६६२ मत ल्याए। 

त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका तक्दीर लामा विजयी भएका छन् । लामाले म१ हजार ९४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवारले ५६५ मत ल्याए भने एमालेका नुरजङ लामाले ४८२ मत ल्याए।

प्रकाशित मिति: १६:१५ बजे, सोमबार, जेठ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्