Kathmandu Press

काठमाडौं महानगरको मत सात ठाउँमा गन्ने तयारी

काठमाडौं, जेठ २ : काठमाडौं महानगरपालिकाको मत सात ठाउँमा गनिने भएको छ। मतगणनामा ढिलाइ भएको गुनासो आएपछि थप दुई मतगणनास्थल थपेर सात बनाउन लागिएको...
काठमाडौं महानगरको मत सात ठाउँमा गन्ने तयारी

काठमाडौं, जेठ २ : काठमाडौं महानगरपालिकाको मत सात ठाउँमा गनिने भएको छ। मतगणनामा ढिलाइ भएको गुनासो आएपछि थप दुई मतगणनास्थल थपेर सात बनाउन लागिएको हो।

पहिलो दिन तीन ठाउँबाट मत गन्न थालिए पनि सोमबार दुईवटा थपेर पाँच ठाउँमा गणनास्थल राखिएको छ। यसलाई पनि बढाएर सात पुर्‍याउन लागिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

जति सक्दो छिटो परिणाम दिन मतगणनास्थल बढाएर, कर्मचारी थपेर छिटोछरितो पार्ने विषयमा निर्वाचन अधिकृतको कार्यालयले कदम चालेको बताइएको छ।

यतिखेर महानगरका पाँचवटा वडाको गणना जारी छ। वडा ३, ४, ५, ३१ र ३२ को मतगणना जारी रहँदा १ र २ को अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। दुवै वडाका अध्यक्षमा एमालेले जित हासिल गरेको छ। 

प्रकाशित मिति: १६:०८ बजे, सोमबार, जेठ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्