रसुवाको कालिकामा अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेसकाे जित
काठमाडौं, जेठ २ : रसुवाको कालिका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेसले बाजी मारेको छ। २०७४ सालमा अध्यक्ष र उपाध्यक्ष दुवै पद एमालेले...
काठमाडौं, जेठ २ : रसुवाको कालिका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेसले बाजी मारेको छ। २०७४ सालमा अध्यक्ष र उपाध्यक्ष दुवै पद एमालेले जितेको थियो।
२ हजार ६२२ मतका साथ हरिकृष्ण देवकोटा अध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका कमलनाथ आचार्यले २ हजार २८३ मत पाए। तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका सोमबहादुर तामाङले १ हजार ५२२ मत पाए।
कांग्रेसकी मीरा लामा २ हजार ८१० मत ल्याएर उपाध्यक्षमा बनेकी छन्उ भने नको निकटतम प्रतिस्पर्धी एमालेकी अम्बिका भट्टले २ हजार २ मत पाइन्। नेकपा एकीकृत समाजवादीका उम्मेदवार विष्णुप्रसाद देवकोटाले १ हजार ४० मत ल्याए।
वडा नम्बर १ मा माओवादी केन्द्रका दावा तामाङ, २ मा कांग्रेसका उमेशबहादुर न्यौपाने, ३ मा कांग्रेसका फडिन्द्रप्रसाद न्यौपाने, ४ मा कांग्रेसका खेसम तामाङ र ५ मा कांग्रेसका सन्दीप पौडेल निर्वाचित भए।











