Kathmandu Press

बालेनको मत ७ हजार नाघ्यो, स्थापित दोब्बर मतान्तरले पछाडि 

बालेनले ७ हजार ३३९ मतसहित अग्रता लिएका छन् भने नेकपा एमालेका केशव स्थापितले ३ हजार ८६२ मत प्राप्त गरेका छन्।
बालेनको मत ७ हजार नाघ्यो, स्थापित दोब्बर मतान्तरले पछाडि 

काठमाडौं, जेठ २ : काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले सात हजार भन्दा बढी मत प्राप्त गरेका छन्। सोमबार अपराह्नसम्मको मतपरिणाम अनुसार बालेनले ७ हजार ३३९ मतसहित अग्रता लिएका छन्। 

त्यस्तै नेकपा एमालेका केशव स्थापितले ३ हजार ८६२ मत प्राप्त गरेका छन्। गठबन्धनकी उम्मेदवार सिर्जना सिंह ३ हजार ३५८ मतसहित तेस्रो स्थानमा छिन् । त्यस्तै राप्रपाका मदनदास श्रेष्ठले ५२९ मत पाएका छन् भने सुमन सायमीले २८१ मत ल्याएका छन्। 

उपमेयरतर्फ ६ हजार ३४६  मत प्राप्त गर्दै अग्रता लिएकी छन् भने गठबन्धनका रामेश्वर श्रेष्ठले १ हजार ६९० मत ल्याएका छन्। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीकी बिनिता मगैयाले १ हजार ३४५ मत ल्याएकी छन्। 
  
 

प्रकाशित मिति: १५:५२ बजे, सोमबार, जेठ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्