भरतपुरमा विजय अघिअघि रेणु पछिपछि, मतान्तर घटाउँदै जगन्नाथ
सुवेदीले ४ हजार ५५० मत प्राप्त गरेका छन् भने गठबन्धनकी रेणु दाहालले ४ हजार ४९५ मत पाएकी छन् ।
काठमाडौं, जेठ २ : भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता कायम राखेका छन्।
पछिल्लो मतपरिणाम अनुसार सुवेदीले ४ हजार ५५० मत प्राप्त गरेका छन् । गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल झिनो मतान्तरले दोस्रो स्थानमा रहेकी छन्। उनी ४ हजार ४९५ मत सहित एमालेका सुवेदीलाई पछ्याइरहेकी छन्।
एमाले र गठबन्धनबीच टक्करमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल पनि प्रतिस्पर्धामा देखिएका छन् । पौडेलले १ हजार ९९८ मत पाएका छन्।
उपमेयरतर्फ कांग्रेसका चित्रसेन अधिकारीले ५ हजार ३९५ मत पाएका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमला गुरुङले ३ हजार ६७९ मत प्राप्त गरेकी छन्।
प्रकाशित मिति: १५:२८ बजे, सोमबार, जेठ २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











