Kathmandu Press

डुइङ विजनेसन इन्डेक्समा नेपाल १६ स्थान माथि उक्लियो

काठमाडौं, कात्तिक ७ : व्यवसायिक वातावरण सुधारमा नेपालले एक वर्षमै राम्रो प्रगति गरेको छ। विश्व बैंकले प्रकाशित गर्ने डुइङ विजेशन इन्डेक्समा नेपाल गत व....

डुइङ विजनेसन इन्डेक्समा नेपाल १६ स्थान माथि उक्लियो

काठमाडौं, कात्तिक ७ : व्यवसायिक वातावरण सुधारमा नेपालले एक वर्षमै राम्रो प्रगति गरेको छ। विश्व बैंकले प्रकाशित गर्ने डुइङ विजेशन इन्डेक्समा नेपाल गत वर्ष भन्दा १६ स्थान माथि उक्लिएको छ।

गत वर्ष ११० स्थानमा रहेको नेपाल यो वर्ष ९४ स्थानमा उक्लेको छ। नेकपा सरकार बने यताकै सूचकको पहिलो र आशालाग्दो सुधार देखिएको छ। यसले बैदेशिक लगानी भित्र्याने वातावरणलाई सहज बनाउने छ।

अघिल्लो वर्ष नेपालको स्थान १०६ बाट ११० मा पुगेपछि अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक रुपमा नै असन्तुष्टी जनाएका थिए।

नेपालको स्थान अघिल्लो वर्षको भन्दा सुधार भएपनि आर्थिक सुधार गर्ने २० वटा देशमा भने परेको छैन। दक्षिण एशियामा सबैभन्दा कम ६३ औं स्थानमा भारत रहेको छ।

नेपालको १० सूचाकंमा ५ वटामा सुधार गरेको छ भने ३ वटामा स्थान तल झरेको छ। त्यस्तै, २ वटा सूचकमा स्थिर रहेको छ।

विश्भरका लगानीकर्ताहरुले डुइङ विजनेसको रिपोर्टअनुसार लगानी गर्ने गर्छन्। नेपालको स्थिति सुधार हुनुलाई बैदेशिक लगानी भित्रिने वातावरणमा नयाँ कोशेढुंगा बन्न सक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति: ११:४९ बजे, बिहीबार, कात्तिक ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्