भारतीय प्रधानमन्त्री मोदीद्वारा पूजाआर्चना
लुम्बिनी, जेठ २ : लुम्बिनी भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यहाँस्थित मायादेवी मन्दिरमा पूजाअर्चना गरेका छन्।प्रधानमन्त्री मोदीसँगै प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी धर्मपत्नी...
लुम्बिनी, जेठ २ : लुम्बिनी भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यहाँस्थित मायादेवी मन्दिरमा पूजाअर्चना गरेका छन्।
प्रधानमन्त्री मोदीसँगै प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी धर्मपत्नी डा. आरजु राणा देउवाले पनि पूजाअर्चना गरिन्।
दुबै देशका प्रधानमन्त्रीहरुले पूजाअर्चना गरिरहँदा बौद्ध भिक्षुहरुले बुद्धवन्दना गरेका थिए। भारतका विशिष्ठ अतिथिले मायादेवी मन्दिर परिसरमा रहेको पवित्र सरोवरको परिक्रमा गर्नुका साथै यहाँस्थित अशोक स्तम्भमा द्वीप प्रज्ज्वलन गरे।
दुवै देशका प्रधानमन्त्रीहरुले अशोकस्तम्भनजिकै रहेको बाेधी वृक्षमा जलसिञ्चन पनि गरेका थिए। त्यसअघि भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री देउवालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रेय शाक्य पुत्तले स्वागत गरेका थिए।
आजै भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री देउवाले यहाँस्थित अन्तरराष्ट्रिय वौद्ध गुम्बा परिसरमा भारतका निम्ति सरकारले उपलब्ध गराएको भूमिमा निर्माण हुने भारत अन्तरराष्ट्रिय बाैद्ध संस्कृति तथा सम्पदा केन्द्रको शिलान्यास गर्नाको साथै त्यहाँ राखिएको शिलालेखको अनावरण गरे।
त्यसअघि प्रधानमन्त्रीद्वयसँगै प्रधानमन्त्री देउवाको धर्मपत्नी डा. देउवाले परित्राण पाठ र स्वस्तीवाचन श्रद्धापूर्वक श्रवण गरेकी थिइन्।











