Kathmandu Press

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीमा (तस्बिरहरु)

काठमाडौं, जेठ २ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार लुम्बिनी आएका छन् । नेपालको औपचारिक भ्रमणका लागि ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मोदी भारतीय...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीमा (तस्बिरहरु)

काठमाडौं, जेठ २ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार लुम्बिनी आएका छन् । नेपालको औपचारिक भ्रमणका लागि ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मोदी भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट लुम्बिनी आइपुगेका हुन्।

लुम्बिनीस्थित अन्तरराष्ट्रिय बौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालय नजिक निर्माण गरिएको हेलिप्याडमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी मोदीलाई स्वागत गरेका थिए।

भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले बौद्ध संस्कृति र सम्पदाका लागि भारत अन्तर्राष्ट्रिय केन्द्रको शिलान्यास गरेका छन् ।

 

प्रकाशित मिति: १३:५६ बजे, सोमबार, जेठ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्