Kathmandu Press

प्रधानमन्त्री ओली आज अजरबैजान जाँदै

काठमाडौं, कात्तिक ७ : प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने भ्रमणमा आज अजरबैजान जान लागेका छन्।

अजरबैजानको बाकुमा हुने असंलग्न राष्ट्रका प्र....

प्रधानमन्त्री ओली आज अजरबैजान जाँदै

काठमाडौं, कात्तिक ७ : प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने भ्रमणमा आज अजरबैजान जान लागेका छन्।

अजरबैजानको बाकुमा हुने असंलग्न राष्ट्रका प्रमुखहरूको शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान जान लागेका हुन्। प्रधानमन्त्री ओली १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको जनाएको छ।

तीन दिने भ्रमणमा प्रधानमन्त्री ओलीसँगै प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराईलगायत अजरबैजान जाँदै छन्।

सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यस अघि नै अजरबैजान पुगिसकेका छन्।

प्रधानमन्त्री ओली कात्तिक १० गते स्वदेश फर्कने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित मिति: ११:२९ बजे, बिहीबार, कात्तिक ७, २०७६