म्याग्दे गाउँपालिकाको अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस
तनहुँ, जेठ २ : तनहुँको म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ।गाउँपालिकाको अध्यक्षमा एमालेका श्रीप्रसाद श्रेष्ठ ७१८...
तनहुँ, जेठ २ : तनहुँको म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ।
गाउँपालिकाको अध्यक्षमा एमालेका श्रीप्रसाद श्रेष्ठ ७१८ मतान्तरले विजयी भएका छन्।
श्रेष्ठले चार हजार ९५० मत प्राप्त गरेको निर्वाचन अधिकृत नवराज आचार्यले जानकारी दिए। प्रतिस्पर्धी कांग्रेसका मायादेवी रानाले चार हजार २३२ मत प्राप्त गरिन्।
उपाध्यक्षमा कांग्रेसका बालकृष्ण घिमिरे पाँच हजार ३९ मत प्राप्त गरी विजय भएका छन्।
प्रतिस्पर्धी एमालेका रत्नादेवी घिमिरेले चार हजार २०० मत प्राप्त गरे। घिमिरे दोस्रो कार्यकालका लागि उपाध्यक्षमा दोहोरिएका हुन्।
गाउँपालिकामा कूल १८ हजार १०५ मतदाता रहेकामा ११ हजार ९४३ मत खसेको थियो। २०७४ सालको निर्वाचनमा कांग्रेसकी राना अध्यक्षमा विजयी हुँदा श्रेष्ठ पराजित भएका थिए।
म्याग्दे-१, ३ र ७ मा एमालेले जितेको छ भने वडा २, ४, ५ र ६ मा कांग्रेसले जितेको छ।











