जुम्लाकाे गौमुलमा अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी
जुम्ला, जेठ १ : जिल्लाको गौमुल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएको गौमुल निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।अध्यक्षमा हरिबहादुर रोकाया...
जुम्ला, जेठ १ : जिल्लाको गौमुल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएको गौमुल निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
अध्यक्षमा हरिबहादुर रोकाया र उपाध्यक्षमा सीता थापा (रोकाया) विजयी भएको निर्वाचन अधिकृत शान्तिबहादुर बस्नेतले राससलाई जानकारी दिए।
रोकायाले तीनहजार ४३४ र उपाध्यक्ष थापा (रोकाया)ले तीनहजार १९४ मत ल्याएर विजयी भएको बताए। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसबाट अध्यक्षका उम्मेदवार हिरेन्द्रबहादुर रोकायाले एकहजार ४७० र उपाध्यक्षका उम्मेदवार उमा रोकायाले एक हजार ७४४ मत ल्याए।
प्रकाशित मिति: १२:५२ बजे, सोमबार, जेठ २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











