Kathmandu Press

 जुम्लाको कनकासुन्दरी अध्यक्षमा कांग्रेसका आचार्य विजयी

जुम्ला, जेठ २ : जुम्लाको कनकासुन्दरी  गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ।कांग्रेसका दामोदरप्रसाद आचार्यले दुई हजार ८०६ प्राप्त गरेर  विजयी भएका हुन्। उनका...
 जुम्लाको कनकासुन्दरी अध्यक्षमा कांग्रेसका आचार्य विजयी

जुम्ला, जेठ २ : जुम्लाको कनकासुन्दरी  गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ।

कांग्रेसका दामोदरप्रसाद आचार्यले दुई हजार ८०६ प्राप्त गरेर  विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका धनबहादुर रावतले २ हजार ५ सय ६२ मत प्राप्त गरे।

उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी प्रेमकली बुढा विजयी भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी रीता खत्री पराजय भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यहाँका आठ स्थानीय तहमध्ये सबैभन्दा पहिलो मतगणना कनका सुन्दरीको  भएको हो। स्थानीय तह २०७४ को निर्वाचनमा पनि उक्त पालिकामा कांग्रेस विजयी भएको थियो।

प्रकाशित मिति: १२:४४ बजे, सोमबार, जेठ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्