Kathmandu Press

सङ्खुवासभाको सिलिचोङ अध्यक्षमा कांग्रेसका मेवाहाङ विजयी

सङ्खुवासभा, जेठ २ : सङ्खुवासभाको सिलिचोङ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका भुपालराज मेवाहाङ विजयी हुनुभएको छ। मेवाहाङले दुई हजार २०३ मत ल्याएर विजयी भएका...
सङ्खुवासभाको सिलिचोङ अध्यक्षमा कांग्रेसका मेवाहाङ विजयी

सङ्खुवासभा, जेठ २ : सङ्खुवासभाको सिलिचोङ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका भुपालराज मेवाहाङ विजयी भएका छन्। मेवाहाङ दुई हजार २०३ मत ल्याएर विजयी भएका हुन्।

त्यस्तै माओवादी केन्द्रका योगेन्द्र कुलुङले दुई हजार ९ मत प्राप्त गरे। उपाध्यक्षमा कांग्रेसकै देबिता कुलुङ विजयी भइन्। उपाध्यक्ष कुलुङले दुई हजार ७५ मत ल्याउएकी थिइन्।

माओवादीका देवीकुमारी मेवाहाङले एक हजार ७७० मत ल्याइन्। सिलिचोङ वडा १ र ५ माओवादी केन्द्रले जितेको छ। वडा १ को वडाध्यक्षमा माओवादी केन्द्रका गणेश कुलुङ र वडा ५ मा ईश्वर राई विजयी भए।

त्यसैगरी वडा ३ मा कांग्रेसका प्रतापसिंह तामाङले विजय हासिल गरे। त्यसैगरी वडा २ मा नेपाली कांग्रेसका मोहन शम्शेर कुलुङ विजयी भए।

प्रकाशित मिति: १२:३६ बजे, सोमबार, जेठ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्