Kathmandu Press

४ हजार मतान्तर कायम गर्दै काठमाडौं उपमेयरमा सुनिता डंगोलको अग्रता

काठमाडौं, जेठ २ : काठमाडौं उपमहानगरपालिकामा उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठलाई फराकिलो मतान्तरले पछि पारेका छन्।पछिल्ला परिणाम अनुसार डंगोलले...
४ हजार मतान्तर कायम गर्दै काठमाडौं उपमेयरमा सुनिता डंगोलको अग्रता

काठमाडौं, जेठ २ : काठमाडौं उपमहानगरपालिकामा उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठलाई फराकिलो मतान्तरले पछि पारेकी छन्।

पछिल्लाे परिणाम अनुसार डंगोलले  ५ हजार ८४४ मत ल्याउँदा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले जम्मा १ हजार ६०९ मत मात्रै प्राप्त गरेका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीकी बिनिता मगैयाले ७६२ मत ल्याएकी छन्। 

महानगरको मेयरमा भने गठबन्धनकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले अग्रता लिएका छन्। 
 

प्रकाशित मिति: १२:०९ बजे, सोमबार, जेठ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्