Kathmandu Press

भरतपुरमा सुवेदीको अग्रता, ४३ मतान्तरले रेणु पछाडि

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले समेत १ हजार ५४८ मत ल्याएका छन्। 
भरतपुरमा सुवेदीको अग्रता, ४३ मतान्तरले रेणु पछाडि

काठमाडौं, जेठ २ : भरतपुर महानगरको मेयरका लागि गठबन्धन र एमालेको उम्मेदवारबीच कडा टक्कर देखिएको छ। 

सोमबार बिहानसम्म गठबन्धनकी उम्मेदवार भरतपुरकै निवर्तमान मेयर रहेकी रेणु दाहाललाई एमाले उम्मेदवार विजय सुवेदीले पछि पारेका छन्। 

पछिल्लो मतपरिणामअनुसार रेणु दाहालले ३ हजार ८५६ मत प्राप्त गरेकी छन् भने उनीभन्दा ४३ मतान्तरले अग्रता लिएका सुवेदीले ३ हजार ८९९ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले समेत १ हजार ५४८ मत ल्याएका छन्। 

उपप्रमुखमा भने गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारीले फराकिलो मतान्तरले अग्रता लिएका छन् । उनले ४ हजार ४३१ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमला गुरुङले ३ हजार ४१ मत ल्याएकी छन्। त्यस्तै स्वतन्त्र उम्मेदवार पवित्रा जोशीले ३७ मत ल्याएकी छन्। 
 

प्रकाशित मिति: ११:४८ बजे, सोमबार, जेठ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्