Kathmandu Press

छथरमा कांग्रेसका छत्रबहादुरकाे जित

धनकुटा, जेठ ३ : धनकुटाको छथर जोरपाटी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका छत्रबहादुर सुब्बा निर्वाचित भएका छन्। गठबन्धनबाट उम्मेदवार बनेका सुब्बाले एमालेका शेरबहादुर लिम्बूमाथि...
छथरमा कांग्रेसका छत्रबहादुरकाे जित

धनकुटा, जेठ २ : धनकुटाको छथर जोरपाटी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका छत्रबहादुर सुब्बा निर्वाचित भएका छन्। गठबन्धनबाट उम्मेदवार बनेका सुब्बाले एमालेका शेरबहादुर लिम्बूमाथि १ सय ९५ मतले विजयी प्राप्त गरेका हुन्।

सुब्बाले ४ हजार ३ सय ५९ मत ल्याउँदा एमालेका लिम्बूले ४ हजार १ सय ६४ मत ल्याएका थिए।

यस्तै, उपाध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रकी गीता खेवा विजयी भइन्। उनले ४ हजार ३ सय ८७ मत ल्याइन् भने एमालेकी गोमा कार्कीले ३ हजार ६ सय ९१ मत ल्याइन्।

गाउँपालिकाका ६ वडामध्ये १, २, ५ र ६ मा सत्तारुढ दलका उम्मेदवार निर्वाचित हुँदा ३ र ४ मा एमालेका उम्मेदवार विजयी भएका छन्।

प्रकाशित मिति: १०:५१ बजे, सोमबार, जेठ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्