Kathmandu Press

ट्रक भीरबाट खस्यो, एकको मृत्यु

बैतडी, कात्तिक ७ : महाकाली राजमार्गअन्तर्गत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा ट्रक दुर्घटना भएको छ। दुर्घटनामा एक जनाको मृत्यु भएक....

ट्रक भीरबाट खस्यो, एकको मृत्यु

बैतडी, कात्तिक ७ : महाकाली राजमार्गअन्तर्गत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा ट्रक दुर्घटना भएको छ। दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

धनगढीबाट दार्चुलातर्फ गइरहेको से १ ख १९२३ नम्बरको ग्यास बोकेको ट्रक भीरबाट खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ट्रक दुई सडकबाट सय मिटर तल खसेको जनाएको छ।

दुर्घटनामा एक जनाको मृत्यु भएको छ। उनको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए।

प्रहरीको टोली घटनास्थल पुगेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १०:४८ बजे, बिहीबार, कात्तिक ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्