सल्यानको त्रिवेणीमा कांग्रेसका रावत विजयी
सल्यान, जेठ २ : सल्यानको त्रिवेणी गाउँपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खिमबहादुर रावत विजयी भएका छन्। एकीकृत समाजवादीका डिल्लीबहादुर केसीलाई पराजित गर्दै रावत...
सल्यान, जेठ २ : सल्यानको त्रिवेणी गाउँपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खिमबहादुर रावत विजयी भएका छन्। एकीकृत समाजवादीका डिल्लीबहादुर केसीलाई पराजित गर्दै रावत मेयर बनेका हुन्।
रावतले ३ हजार ३ सय ६९ मत पाउँदा निटकटतम प्रतिद्वन्द्वी समाजवादीका केसीले २ हजार १७ मत प्राप्त गरे। तेस्रो बनेको एमालेका लोकेन्द्रसिंह खड्काले १ हजार ७ सय ९६ मत ल्याए ।
यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार विजयी भए । कांग्रेसकी सीता खड्का ३ हजार १ सय ८६ मत ल्याउँदै उपमेयरमा निर्वाचित भइन्। । उनकी प्रतिद्वन्द्वी माओवादीका राजेन्द्रकुमार थापाले २ हजार ३५ मत ल्याउँदा एमालेकी कलावती वलीले १ हजार ८ सय १९ मत ल्याइन् ।
प्रकाशित मिति: १०:३३ बजे, सोमबार, जेठ २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











