Kathmandu Press

प्रधामन्त्री देउवाले गरे गौतमबुद्ध विमानस्थलको उद्घाटन, दुई जहाज अवतरण

रूपन्देही, जेठ ३ : बुद्धजयन्तीको अवसर पारेर प्रधानमन्त्री शेरबहादुर देउवाले रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गरेका छन्। नेपालमा हवाई यातायात...
प्रधामन्त्री देउवाले गरे गौतमबुद्ध विमानस्थलको उद्घाटन, दुई जहाज अवतरण

रूपन्देही, जेठ २ : बुद्धजयन्तीको अवसर पारेर प्रधानमन्त्री शेरबहादुर देउवाले रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गरेका छन्। नेपालमा हवाई यातायात सुरु भएको ७४ वर्ष पछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चानलमा आएको हो।

उद्घाटनको दिन दुई जहाल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्। जससमा काठमाडौंबाट नेपाल वायुसेवा निगमको ए ३२० एयरबस ६ बजेर ५५ मिनेट र कुवेतबाट आएको जजिराको एयरबस ए ३२० विमान बिहान ७ बजेर ९ मिनेटमा भैरहवामा अवतरण गरेको थियो ।

कुवेतबाट इरान, पाकिस्तान, भारतको नयाँदिल्ली, लखनउमाथिको हवाई रुट हुँदै आएको जजिराको जहाज सिमरा पुगेर चितवन हुँदै भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो । फर्कँदा भने जजिराको जहाज लखनउ हुँदै जाने छ। जजिराको जहाजले ५० जना यात्रु ल्याएको थियो भने फर्कँदा १ सय ३३ जना यात्रु लगेको छ।

नेपाल वायुसेवा निगमको ए ३२० एयरबस ९० जना यात्रु लिई भैरहवा पुगेको थियो । नेवानिले काठमाडौंबाट कमर्सियल उडान गरेको हो ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान भने यही जेठ २९ गतेमात्र हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति: १०:२१ बजे, सोमबार, जेठ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्