Kathmandu Press

बालेनले कटाए ६ हजार मत, स्थापित र सिर्जनाभन्दा ३ हजार मतले अघि

मतगणनाको तेस्रो दिन चलिरहँदा बालेन नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जनामाथि ३ हजार मतको अग्रता बनाएका हुन्।
बालेनले कटाए ६ हजार मत, स्थापित र सिर्जनाभन्दा ३ हजार मतले अघि

काठमाडाैं, जेठ २ : काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले ३ हजार मतको अग्रता लिएका छन् । मतगणनाको तेस्रो दिन चलिरहँदा बालेन नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जनामाथि ३ हजार मतको अग्रता बनाएका हुन्।

बालेनले ६ हजार ४ सय ८६ मत ल्याएका छन्। उनका निकटम प्रतिद्वन्द्वी एमालेका केशव स्थापितले ३ हजार ४ सय १३ मत ल्याउँदा कांग्रेसकी सिर्जना सिंहले ३ हजार ९ मत ल्याएकी छिन्।

यस्तै, उपमेयरमा एमालेकी सुनिता डंगोलले ५ हजार ८ सय ४४ मत ल्याउँदा माओवादीका रामेश्वर श्रेष्ठले १ हजार ६ सय ९ मत ल्याएका छन्।

प्रकाशित मिति: १०:०५ बजे, सोमबार, जेठ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्