Kathmandu Press

विप्लव पार्टी जिल्ला सेक्रेटरी थाेकर पक्राउ

काभ्रे, कात्तिक ७ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका काभ्रे जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई प्रहरीले पक्राउ गरेको छ।

विप्लव पार्टी जिल्ला सेक्रेटरी थाेकर पक्राउ

काभ्रे, कात्तिक ७ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका काभ्रे जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई प्रहरीले पक्राउ गरेको छ।

उनलाई गएराति १२ बजे घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पनौती नगरपालिका–९ शङ्खुस्थित घरबाटै थोकरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलको टोलीले गएराति पक्राउ गरेको प्रहरी उपरीक्षक जयराज सापकोटाले बताए। ‘विशेष सूचनाका आधारमा थोकरलाई घरबाटै पक्राउ गर्‍यौँ,’ उनले भने।

यसअघि प्रहरीको विशेष ब्यूरो, महानगरीय अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले ‘सर्च-अप्रेशन’का क्रममा काभ्रेबाट विप्लव पार्टीका मध्य कमाण्डर हेमन्तप्रकाश ओली ‘सुदर्शन’सहित नौ नेता-कार्यकर्तालाई काभ्रे र ललितपुरको सिमानामा पर्ने खानीखोला गाउँपालिका–७ मिल्चेस्थित बोरेनी नजिकैबाट गाडीमा काठमाडौँतर्फ गइरहेको अवस्थामा पक्राउ गरेको थियो।

पक्राउ पर्नेमा ‘विप्लव’ समूहका मध्य कमाण्डर ओली, धर्मराज राजबहाक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित तामाङ, शङ्कर अधिकारी, देव घिमिरे, सञ्जिव कार्की, लोकेन्द्र खड्का थिए।

 

प्रकाशित मिति: १०:३५ बजे, बिहीबार, कात्तिक ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्