विराटनगरमा कोइराला एक हजार मतले अगाडि
विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला एक हजारभन्दा बढी मतले अगाडि रहेका छन्।
विराटनगर, जेठ २ : विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला एक हजारभन्दा बढी मतले अगाडि रहेका छन्।
सोमबार बिहान ८ बजेसम्मको मतगणनामा कोइरालाले चार हजार २७० मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले) का सागरकुमार थापाले तीन हजार ७६ मत पाएका छन्।
उपमेयरमा भने एमाले उम्मेदवार अगाडि छन्। एमालेकी शिल्पा कार्कीले तीन हजार ५२६ मत पाएकी छन् भने जनता समाजवादी पार्टी (जसपा)का अमरेन्द्र यादवले दुई हजार २८८ मत पाएका छन्।
प्रकाशित मिति: ०८:११ बजे, सोमबार, जेठ २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











