Kathmandu Press

कास्कीको माछापुच्छ्रेमा कांग्रेसका गुरुङ विजयी

पोखरा, जेठ २ : कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी...
कास्कीको माछापुच्छ्रेमा कांग्रेसका गुरुङ विजयी

पोखरा, जेठ २ : कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनाको आज बिहान घोषणा गरिएको अन्तिम मत परिणामअनुसार कांग्रेसका मीनबहादुर गुरुङ सात हजार ९९ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार विक्रम गुरुङले ६ हजार ६१७ मत ल्याएका छन्।

यसैगरी उपाध्यक्षमा कांग्रेसका सीता अधिकारीले ६ हजार ३७६ मत प्राप्त गरी विजयी हुँदा एमालेका सीता तिवारीले पाँच हजार ९५१ मत प्राप्त गरेको निर्वाचन अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए।

नौ वडा रहेको गाउँपालिकामा  कांग्रेसले वडा नं १, २, ३, ४, ५, ८ र ९ मा जित हासिल गरेको छ। यसैगरी नेकपा (माओवादी केन्द्र) ले वडा नं ७ र एमालेले वडा नं ६ मा विजयी भएको छ।

 

प्रकाशित मिति: ०७:३६ बजे, सोमबार, जेठ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्