Kathmandu Press

उपनिर्वाचनबारे छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं, कात्तिक ७ : उपनिर्वाचनलगायतका विषयमा छलफल गर्न कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्न लागेको छ।

बिहीबार दिउसो २ बजे केन्द्....

उपनिर्वाचनबारे छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
फाइल फोटो

काठमाडौं, कात्तिक ७ : उपनिर्वाचनलगायतका विषयमा छलफल गर्न कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्न लागेको छ।

बिहीबार दिउसो २ बजे केन्द्रीय कार्यालय, सानेपामा बस्ने केन्द्रीय कार्यसमिति बैठकमा उपनिर्वाचनबारे छलफल हुने जनाएको छ। मंसिर १४ गते प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहमा रिक्त रहेका ५२ स्थानमा उपनिर्वाचन हुँदै छ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा उपनिर्वाचनका उम्मेदवारबारे पनि छलफल हुने जनाएको छ। कांग्रेसले यस अघि नै उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको थियो। त्यसअनुसार, केही समितिबाट उम्मेदवारको सिफारिस भएर आएको छ।

आज बस्ने बैठकमा सिफारिस भएर आएका उम्मेदवारका विषयमा पनि छलफल हुने  केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए। त्यस्तै, सिफारिस नभएका स्थानका विषयमा पनि छलफल हुने जनाएको छ।

यससँगै कांग्रेसका भातृसंगठनको नेतृत्वका विषयमा पनि छलफल हुने जनाएको छ। नेपाल विद्यार्थी संघको नेतृत्वका विषयमा टुंगो लाग्न सक्ने जनाएको छ।

प्रकाशित मिति: १०:०७ बजे, बिहीबार, कात्तिक ७, २०७६