भरतपुरमा रेणु दाहाल १८ मतले पछाडि
भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) की रेणु दाहाल १८ मतले पछाडि परेकी छन्।
काठमाडौं, जेठ २ : भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) की रेणु दाहाल १८ मतले पछाडि परेकी छन्।
सोमबार बिहान साढे ६ बजेसम्म नौ हजार ३७० मत गणना भएको छ। जसमा नेकपा (एमाले)का विजय सुवेदीले तीन हजार ३२४ पाएका छन्।
त्यस्तै, गठबन्धनबाट माओवादीकी उम्मेदवार दाहालले तीन हजार ३०६ मत पाएकी छन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार १८७ मत पाएका छन्।
उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार मित्रसेन अधिकारीले तीन हजार ६८८ मत पाएका छन्। उनका प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले दुई हजार ६५० मत पाएकी छन्।
प्रकाशित मिति: ०६:४४ बजे, सोमबार, जेठ २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











