बाग्लुङको गल्कोटमा कांग्रेसका भरत शर्मा २ हजार मतअन्तरले विजयी
सत्तारुढ गठबन्धनका उम्मेदवार शर्माले ५ हजार ४ सय १४ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पूर्णबहादुर काउचा घर्तीले ३ हजार ५ सय १९ मत पाए ।
काठमाडाैं, जेठ २ : बाग्लुङको गल्कोट नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका भरत शर्मा विजयी भएका छन्। आइतबार मध्यरातमा सकिएको मतगणनामा २ हजार मतअन्तरले शर्मा विजयी भएका हुन्।
सत्तारुढ गठबन्धनका उम्मेदवार शर्माले ५ हजार ४ सय १४ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पूर्णबहादुर काउचा घर्तीले ३ हजार ५ सय १९ मत पाए । यस्तै, स्वतन्त्र उम्मेदवार मन्जु शर्माले ३ हजार २ सय ६२ मत प्राप्त गरिन्।
यस्तै, उपमेयरमा ६ हजार ३९ मत ल्याउँदै गठबन्धनबाटै माओवादीका फमलाल निउरे विजयी भए । उपमेयरमा एमालेकी रुपा विकले २ हजार ५७ मत पाउँदा स्वतन्त्र तिलबहादुर उप्रेती केसीले १ हजार ९ सय ८९ मत ल्याइन्।
प्रकाशित मिति: ००:५४ बजे, सोमबार, जेठ २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











