Kathmandu Press

सोलुखुम्बुको थुलुङ दुधकोसीमा माओवादीका राई विजयी

काठमाडौं, जेठ २ : सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका असिम राई विजयी बनेका छन्। राई ४ हजार ४९ मत प्राप्त गर्दै...
सोलुखुम्बुको थुलुङ दुधकोसीमा माओवादीका राई विजयी

काठमाडौं, जेठ २ : सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका असिम राई विजयी बनेका छन्। राई ४ हजार ४९ मत प्राप्त गर्दै विजयी भएका हुन्।

असिम दोस्रो पटक अध्यक्षमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका वीरबहादुर गुरुङले ३ हजार ५ सय ११ मत प्राप्त गरे भने एमालेका आङबाबु राई १ हजार ६ सय १ मत प्राप्त गरे।

यस्तै, उपाध्यक्षमा माओवादीकै सविता राईले ३ हजार ८ सय मत ल्याउँदै विजयी भइन् । उपाध्यक्षमा कांग्रेसकी एकाकुमारी कार्कीले ३ हजार ५ सय २३ र कल्पना गिरी १ हजार ७ सय ४६ मत ल्याइन्। सविता पनि यसअघि उपाध्यक्ष नै थिइन्।

पालिकामा ५ वटा माओवादी केन्द्रले जितेको छ। जसमा उसले २, ५, ७, ८ र ९ जितेको छ।  माओवादी केन्द्रका वडाध्यक्ष निर्वाचित भएका छन्। १, ३, ४ र ६ मा भने कांग्रेस विजयी भएको छ।

प्रकाशित मिति: ००:४० बजे, सोमबार, जेठ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्