Kathmandu Press

महारेजले पेनाल्टी चुकाउँदा सिटी रोकियो

काठमाडाैं, जेठ १ : रियाद महारेजले खेलको अन्त्यतिर पेनाल्टी चुकाउँदा इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी बराबरीमा रोकिएको छ। आइतबार राति भएको खेलमा महारेजले...
महारेजले पेनाल्टी चुकाउँदा सिटी रोकियो

काठमाडाैं, जेठ १ : रियाद महारेजले खेलको अन्त्यतिर पेनाल्टी चुकाउँदा इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी बराबरीमा रोकिएको छ। आइतबार राति भएको खेलमा महारेजले पेनाल्टी चुकाउँदा सिटी वेस्टह्यामसँग २–२ गोलको बराबरीमा रोकिएको हो।

लिभरपुलले साउथह्याम्पटनसँगको खेल जितेमा इपिएलको उपाधिको टुंगो अन्तिम खेलमा मात्र लाग्ने छ। सिटीले १ खेल कम खलेको लिभरपुलसँग ४ अंकको अग्रता बनाएको छ। सिटीको ९० र लिभरपुलको ८६ अंक छ। यदि सिटीले अन्तिम खेलमा एस्टन भिल्लालाई हराउन सके उसले उपाधि रक्षा गर्ने छ।

खेलको २४औं मिनेटमा जारोड बोवेनले गोल गर्दै वेस्टह्यामलाई अग्रता दिलाए। ४५ औं मिनेटमा बोवेनले गोल गरेपछि वेस्टह्यामले पहिलो हाफमा २–०को अग्रता लियो।

तर, खेलको ४९औं मिनेटमा ज्याक ग्रेलिसले गोल गर्दै सिटीलाई खेलमा फर्काए। ६९औं मिनेटमा वेस्टह्यामका भाल्द्मिर कौफलले आत्मघाती गोल गरेपछि खेल २–२ गोलको बराबरीमा आयो।

त्यसपछि खेलको ८६ औं मिनेटमा सिटीले पेनाल्टीको अवसर पयो। तर, महरेजको पेनाल्टी वेस्टह्यामका गोलकिपर फाबियान्स्कीले उत्कृष्ट बचाऊ गरे।

प्रकाशित मिति: २१:१६ बजे, आइतबार, जेठ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्