नेकपा एमालेले मतदाताको अभिमतको अवमूल्यन गर्यो : गगन थापा

काठमाडौं, जेठ १ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेले मतदाताको अभिमतको अवमूल्यन गरेको बताएका छन् ।
थापाले एक ट्वीट मार्फत सिङ्गो निर्वाचन प्रक्रियामाथि अनेकन प्रश्न उठाउनु ३० गते मतदान गर्ने प्रत्येक मतदाताको अभिमतको अवमूल्यन भएको बताएका हुन् ।
उनले लेखेका छन्-मतदानसम्म ठिक,मतगणनाको प्रारम्भमा पनि ठिक तर, प्रारम्भिक विवरण आउन थालेपछि अन्तिम परिणाम कुर्ने समेत धैर्यता नराखी नेकपा (एमाले) ले सिङ्गो निर्वाचन प्रक्रियामाथि अनेकन प्रश्न उठाउनु ३० गते मतदान गर्ने प्रत्येक मतदाताको अभिमतको अवमूल्यन हो।
नेकपा एमालले आजै विज्ञप्ती जारी गर्दै स्थानीय तह निर्वाचनमा सत्ता गठबबन्धनले धाँधली गरेको आरोप लगाएको थियो।
प्रकाशित मिति: २०:५३ बजे, आइतबार, जेठ १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











