Kathmandu Press

भरतपुरमा झिनो मतले रेणुलाई उछिन्दै विजयले लिए अग्रता

सुवेदीले गठबन्धनकी उम्मेदवार रेणु दाहालसँग ३ मतको अग्रता लिएका हुन् । सुवेदीले २ हजार ४ सय ६८ र दाहालले २ हजार ४ सय ६५ मत पाएका छन् ।
भरतपुरमा झिनो मतले रेणुलाई उछिन्दै विजयले लिए अग्रता

काठमाडौं, जेठ १ : भरतपुर महानगरपालिकाको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् ।

सुवेदीले गठबन्धनकी उम्मेदवार रेणु दाहालसँग ३ मतको अग्रता लिएका हुन् । सुवेदीले २ हजार ४ सय ६८ र दाहालले २ हजार ४ सय ६५ मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने ८ सय ५ मत प्राप्त गरेका छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २ हजार ७ सय १ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले १ हजार ९ सय ७५ मत ल्याएकी छिन् ।

प्रकाशित मिति: २०:३१ बजे, आइतबार, जेठ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्