Kathmandu Press

व्यायामले फोक्सोको क्यान्सरको जोखिम कम हुने

धुमपान गर्ने वा पहिले गर्ने पुरूषले शारीरिक तन्दुरूस्तीमा ध्यान दिए फोक्सोको क्यान्सर वा त्यसबाट हुने मृत्युको जोखिम कम हुने नयाँ अध्ययनले देखाएको छ।

अनुसन्ध....

व्यायामले फोक्सोको क्यान्सरको जोखिम कम हुने

धुमपान गर्ने वा पहिले गर्ने पुरूषले शारीरिक तन्दुरूस्तीमा ध्यान दिए फोक्सोको क्यान्सर वा त्यसबाट हुने मृत्युको जोखिम कम हुने नयाँ अध्ययनले देखाएको छ।

अनुसन्धाताहरूले दुई हजार नौ सय ७९ जना पुरूषलाई ट्रेडमिल परीक्षणमा सहभागी गरे। तीमध्ये एक हजार ६ सय दुई जनाले धुमपान गर्न छाडेका थिए भने एक हजार तीन सय ७७ जना अहिले पनि धुमपान गर्थे।

परीक्षणले उनीहरूको “कार्डियोरेस्पिरेटरी” वा शारीरिक परिश्रम गर्दा रक्तसञ्चार र श्वासप्रश्वास प्रणालीले कति सहजै मांसपेशीमा अक्सिजन पुर्याधउन सक्छ भन्ने मुल्याङ्कन गर्दछ। उनीहरूले “मेटाबोलिक इक्विभ्यालेन्ट” (एमइटी) भनिने मापदण्ड प्रयोग गरेर कसरताको क्षमता मुल्याङ्कन गरेका थिए। यो मापदण्ड अनुसार शारीरिक गतिविधिका क्रममा कति अक्सिजन खपत भयो, त्यसको लेखाजोखा गरिन्छ।

Hardik ivf

अनुसन्धाताहरूले औसत ११.६ वर्षसम्म सहभागी पुरूषको अध्ययन गरेका थिए। यो अवधिमा ९९ जना सहभागीलाई फोक्सोको क्यान्सर देखा पर्योम। तीमध्ये ७९ जनाले क्यान्सरकै कारण ज्यान गुमाए।

पूर्व धुमपानकर्तामध्ये “ट्रेडमिल” परीक्षणको क्रममा प्रत्येक १ एमइटी वृद्धिले फोक्सोको क्यान्सर हुने जोखिम १३ प्रतिशतले कम गर्ने देखिएको छ। मध्यमदेखि उच्चस्तरको “कार्डियोरेस्पिरेटरी फिटनेस” भएका व्यक्तिलाई फोक्सो सम्बन्धी समस्या ५१ देखि ७ प्रतिशतसम्म कम हुने अध्ययनले पत्ता लगाएको छ।

अहले पनि धुमपान गर्ने तर पछि फोक्सोको क्यान्सर भएका व्यक्तिको मामिलामा, “ट्रेडमिल” परीक्षणको क्रममा हुने प्रत्येक १ एमइटी वृद्धिले क्यान्सरबाट हुने मृत्युको जोखिम १८ प्रतिशतले कम हुने देखियो। मध्यमदेखि उच्चस्तरको “कार्डियोरेस्पिरेटरी फिटनेस” भएका व्यक्ति क्यान्सरबाट मृत्यु हुने जोखिम ८४ देखि ८५ प्रतिशत कम भएको अध्ययनमा देखिएको छ।

“धुमापन गर्न छाडेका र अहिले पनि धुमपान गर्नेहरूले उच्चस्तरको कार्डियोरेस्पिरेटरी फिटनेस कायम राखे फोक्सोको क्यान्सर हुने र त्यसबाट मृत्यु हुने जोखिम उल्लेखनीय रूपमा कम गर्न सक्छन्,” अनुसन्धानको नेतृत्व गरेका बरूच भाइन्शेलबोइमले भने। उनी पालो आल्टोस्थित भेटेरान्स अफेयर्स पालो आल्टो हेल्थ केयर सिस्टम र स्ट्यान्फोर्ड युनिभर्सिटीसँग आबद्ध छन्।

“हिँड्ने, जगिङ गर्ने, दौडने, साइकल वा एलिप्टिकल चलाउनेजस्ता मध्यमदेखि तीव्र प्रबलता भएका एरोबिक व्यायाम २० देखि ३० मिनेटसम्म साताको तीनदेखि पाँच पटकसम्म गरे कार्डियोरेस्पिरेटरी फिटनेसमा सुधार हुनेछ,” उनले भने।

अमेरिकन जर्नल अफ प्रिभेन्टिभ मेडिसिन अनुसार फोक्सोको क्यान्सरले विश्वभरि वार्षिक १८ लाखको ज्यान लिने गर्छ। प्रत्येक वर्ष २० लाख मानिसलाई फोक्सोको क्यान्सर हुन्छ। सुर्ती नै फोक्सोको क्यान्सरको मूल कारण हो। क्यान्सर रोग लागेका ९० प्रतिशत र क्यान्सरका कारण ज्यान गुमाउने ८० प्रतिशतभन्दा धेरैले सुर्तीको प्रयोग गर्ने देखिएको अनुसन्धाताहरूले पत्ता लगाएका छन्।

रक्तसञ्चार तथा श्वासप्रश्वास प्रणालीमा सुधार ल्याए धुमपान त्यागेकालाई फोक्सो क्यान्सर हुने जोखिम ११ प्रतिशतले घट्ने र धुमपान गर्ने र पछि फोक्सोको क्यान्सर हुने व्यक्तिहरूको मृत्यु २२ प्रतिशतले घट्ने अनुसन्धाताले अनुमान गरेका छन्।

एरोबिक फिटनेसमा सुधार ल्याए फोक्सोको क्यान्सर वा त्यसबाट हुने मृत्युको जोखिम कम हुन्छ वा कसरी कम हुन्छ भन्ने अध्ययनले पुष्टि गर्न नसके पनि धुमपान गर्न छाडेका र अहिले पनि धुमपान गर्नेहरूले क्यान्सरको जोखिम घटाउन अपनाउन सक्ने एउटा उपायलाई भने प्रष्ट पारेको अनुसन्धाताहरूको निष्कर्ष छ।

स्वस्थ भए चुरोटको “टक्सिन”को प्रभाव सीमित गर्न सहयोग गर्ने क्यान्सर रजिस्ट्री अफ नर्वेका ट्रुड इड रोब्साह्मले बताए। “यसबाहेक, शारीरिक गतिविधिले रोग प्रतिरोधी कोषको गतिविधिमा सुधार ल्याउँछ र टिस्युमा क्यान्सर रोक्ने वातावरण सिर्जना गर्दछ,” उनले भने।

युनिभर्सिटी अफ इस्टर्न फिनल्यान्डको इन्स्टिट्युट अफ पब्लिक हेल्थ एन्ड क्लिनिकल न्यूट्रिसनका अनुसन्धाता डा. सुधिर कुर्लले सिफारिस गरिए अनुसारको व्यायाम गरे सहयोग पुग्ने बताए। 

“सातामा १५० मिनेट छिटो छिटो हिँड्ने, जगिङ गरे सबैलाई फाइदा पुग्नेछ। उनीहरूलाई न्यून तन्दुरूस्तीको वर्गबाट उकास्नेछ। सार्वजनिक स्वास्थ्य निर्देशिकामा यो सबैले सहमति जनाएको विषय हो। यसले धुमपान त्याग्न समेत सहयोग गर्नसक्छ,” उनले भने।
 

प्रकाशित मिति: ०६:५५ बजे, बिहीबार, कात्तिक ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्