Kathmandu Press

सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा कांग्रेस विजयी 

सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा कांग्रेस विजयी 

काठमाडौं, जेठ १ : सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसकी मीना कार्कीले १ हजार २६० मत ल्याएर विजयी बनेकी हुन्। प्रतिद्वन्द्वी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका डम्बर बस्नेतले १ हजार ११३ मत ल्याए।

यस्तै गाउपालिकाको उपाध्यक्षमा कांग्रेसकै ङावाङ लाक्पा शेर्पाले १ हजार ४११ मत ल्याएर निर्वाचित भएका छन्। उनले माओवादी केन्द्रकी प्रमिला बस्‍नेत कार्कीलाई पराजित गरे। कार्कीले ८६७ मत प्राप्त गरेकी छन्।

प्रकाशित मिति: १९:५३ बजे, आइतबार, जेठ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्