Kathmandu Press

हुम्लाको ताँजकोट गाउँपालिकामा गठबन्धन विजयी 

काठमाडौं, जेठ १ : हुम्लाको ताँजकोट गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका लालकेश जैसी विजयी भएका छन् । जैसीले १८१० मत ल्याएर एमालेका अजमल बुढालाई पराजित...
हुम्लाको ताँजकोट गाउँपालिकामा गठबन्धन विजयी 

काठमाडौं, जेठ १ : हुम्लाको ताँजकोट गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका लालकेश जैसी विजयी भएका छन् । 

जैसीले १८१० मत ल्याएर एमालेका अजमल बुढालाई पराजित गरेका हुन् । एमालेका बुढाले ९९५ मत पाए । यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका सुरेन्द्रबहादुर थापा १३९१ मतका साथ विजयी भएका छन् ।

उनले एमालेका रुपचन्द्रा ऐडीलाई पाराजित गरेका हुन् । ऐडीले ४७७ मत ल्याइन् ।

ताँजकोटमा कांग्रेस र माओवादीको गठबन्धन रहेको थियो । 

प्रकाशित मिति: १९:०४ बजे, आइतबार, जेठ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्