Kathmandu Press

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसको जित

काठमाडौं, जेठ १ : बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवारले जित हासिल गरेका छन् । अध्यक्ष पदमा कांग्रेसका...
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसको जित

काठमाडौं, जेठ १ : बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवारले जित हासिल गरेका छन् । 

अध्यक्ष पदमा कांग्रेसका उम्मेदवार भरतबहादुर रोकायाले दुई हजार ११ मत प्राप्त गरेर विजयी भए । 

उनका प्रतिस्पर्धी एमालेका चतुरर्भुज शाहीले एक हजार सात सय ५७ मत प्राप्त गरे । यस्तै उपाध्यक्ष पदमा कांग्रेसकै मैना जोशीले जित हासिल गरे । 

पाँच वटा वडामध्ये तीन वटामा कांग्रेस, एउटामा माओवादी केन्द्र र एउटामा एमालेले वडाअध्यक्ष जितेका छन् । 

प्रकाशित मिति: १८:४६ बजे, आइतबार, जेठ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्