स्याङ्जाको हरिनासमा नेकपा एमाले विजयी
काठमाडौं, जेठ १ : स्याङ्जाको हरिनास गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका खिमनारायण मानन्धर विजयी भएका छन् ।उनी ४ हजार ७६९ मत ल्याएर मानन्धर विजयी भएका...
काठमाडौं, जेठ १ : स्याङ्जाको हरिनास गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका खिमनारायण मानन्धर विजयी भएका छन् ।
उनी ४ हजार ७६९ मत ल्याएर मानन्धर विजयी भएका हुन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका टोपबहादुर भुजेललाई ३७ मतअन्तरले पराजित गरेका हुन् ।
कांग्रेसका भुजेलले ४ हजार ७३२ मत ल्याएका छन् । मानन्धर यसअघिको निर्वाचनमा पनि गाउँपालिका अध्यक्षमा विजयी भएका थिए ।
उपाध्यक्षमा नेकपा एमालेकी ईन्द्रकुमारी राना थापा विजयी भएकी छन् । उनले ४ हजार ७४० मत ल्याएकी छन् । कांग्रेसकी मिठु लम्सालले ४ हजार ७१६ मत ल्याएर दोस्रो भइन् ।
सात वडा रहेको गाउँपालिकाको चार वडामा नेकपा एमाले र तीन वडामा नेपाली काग्रेसका उम्मेदवार विजयी भएका छन् ।
प्रकाशित मिति: १७:४४ बजे, आइतबार, जेठ १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











