Kathmandu Press

दार्चुलाको नौगाढमा माओवादीका दलजित धामी विजयी 

काठमाडौं, जेठ १ : दार्चुलाको नौगाढ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका दलजित धामी विजयी भएका छन्। आइतबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार धामी ३ हजार...
दार्चुलाको नौगाढमा माओवादीका दलजित धामी विजयी 

काठमाडौं, जेठ १ : दार्चुलाको नौगाढ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका दलजित धामी विजयी भएका छन्। 

आइतबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार धामी ३ हजार ७८३ मतसहित अध्यक्षमा निर्वाचित भएका छन्। उनले नेकपा एमालेका प्रेमसिंह धामीलाई ५०६ मतान्तरले पराजित गरेका हुन्। एमालेका धामीले ३ हजार २७७ मत ल्याए। 

उपाध्यक्ष पदमा नेपाली कांग्रेसका जगतसिंह ठगुन्ना ३ हजार ९५६ मतसहित निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी गौरीदेवी ठगुन्नाले २ हजार ९५२ मत पाएका छन् ।

प्रकाशित मिति: १७:२६ बजे, आइतबार, जेठ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्