Kathmandu Press

म्याग्दीको मालिकामा एमालेका बेगप्रसाद गर्बुजा विजयी

म्याग्दी, जेठ १ : म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्षमा एमालेका बेगप्रसाद गर्बुजा तीन हजार ९१ मत प्राप्त गरी विजयी भएका छन्।गाउँपालिकाको उपाध्यक्षमा एमालेकै लक्ष्मीदेवी...
म्याग्दीको मालिकामा एमालेका बेगप्रसाद गर्बुजा विजयी

म्याग्दी, जेठ १ : म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्षमा एमालेका बेगप्रसाद गर्बुजा तीन हजार ९१ मत प्राप्त गरी विजयी भएका छन्।

गाउँपालिकाको उपाध्यक्षमा एमालेकै लक्ष्मीदेवी पुन ३ हजार १६७ मत ल्याएर विजयी भइन्। 

अध्यक्षमा नेपाली कांग्रेसका श्रीप्रसाद रोकाले दुई हजार ९७० मत र माओवादी केन्द्रका रेशमबहादुर जुग्जालीले दुई हजार २२५ मत पाए।

उपाध्यक्षमा कांग्रेसको पिपला बुढाथोकीले तीन हजार १३९ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत हेमराज काफ्लेले जानकारी दिए। 

गर्बुजा २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसका रोकासँग ८५ मतले पराजित भएका थिए। 

गाउँपालिका अध्यक्ष १२१ तथा उपाध्यक्ष २१ मतान्तरले विजयी भएका हुन्। १३ हजार २०१ मतदाता रहेको मालिकामा ६७ दशमलव ७६ प्रतिशत अर्थात् आठ हजार ९४६ मत खसेको जनाइएको छ। 

मालिकामा ३७ पदका लागि १४७ चुनामी मैदानमा उत्रिएका थिए। ७ वडा रहेको मालिकामा एमाले र कांग्रेसले ३/३ वडा तथा माओवादीले एक वडामा विजय प्राप्त गरेको छ। 

प्रकाशित मिति: १७:१२ बजे, आइतबार, जेठ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्