Kathmandu Press

पालिकाकाे प्रमुख पद जित्ने पहिलो महिला बनिन् अरुणादेवी राई

खोटाङ, जेठ १ : माओवादी केन्द्रकी अरुणादेवी राई स्थानीय तह निर्वाचन-२०७९ मा पालिकाको प्रमुख पदमा विजयी हुने पहिलो महिला बनेकी छन्।उनी २८८१ मत...
पालिकाकाे प्रमुख पद जित्ने पहिलो महिला बनिन् अरुणादेवी राई

खोटाङ, जेठ १ : माओवादी केन्द्रकी अरुणादेवी राई स्थानीय तह निर्वाचन-२०७९ मा पालिकाको प्रमुख पदमा विजयी हुने पहिलो महिला बनेकी छन्।

उनी २८८१ मत ल्याएर खोटाङको जन्तेढुंगा गाउँपालिका अध्यक्षमा विजयी भएकी हुन्। उनले एमालेका शंकरबहादुर राईले भन्दा ३०६ मत बढी लइाइन्।

सो गाउँपालिकाका निवर्तमान अध्यक्षसमेत रहेका शंकरबहादुर ले २५७५ मत ल्याए।

यो गाउँपालकामा गठबन्धनका दुई दुल दल कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल थियो।

उपाध्यक्षमा पनि गठबन्धनबाट कांग्रेसका खेमबहादुर खड्का २८०५ ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी विमला राइले २४९५ मत ल्याइन्।

२०७४ को स्थानीय निर्वाचनमा गाउँपालिकामा उपाध्यक्ष पनि एमालेले जितेको थियो।

प्रकाशित मिति: १७:०६ बजे, आइतबार, जेठ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्