तेह्रथुमको मेन्छ्यायेम अध्यक्षमा खापुङ र उपाध्यक्षमा तिम्सिना दोहोरिए
तेह्रथुम, जेठ १ : तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको अध्यक्षमा एमालेका यादवबहादुर खापुङ र उपाध्यक्षमा कांग्रेसकी गीतादेवी तिम्सिना दोहोरिएका छन्।२०७४ को स्थानीय निर्वाचनमा पनि उनीहरूले अध्यक्ष...
तेह्रथुम, जेठ १ : तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको अध्यक्षमा एमालेका यादवबहादुर खापुङ र उपाध्यक्षमा कांग्रेसकी गीतादेवी तिम्सिना दोहोरिएका छन्।
२०७४ को स्थानीय निर्वाचनमा पनि उनीहरू नै अध्यक्ष र उपाध्यक्षमा विजयी भएका थिए।
अहिलेको निर्वाचनमा खापुङले २ हजार ५५ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका धनकुमार लिम्बुले २ हजार २१ मत प्राप्त गरेका छन्। उनीहरूबीच ३४ मतको अन्तर रहेको छ।
उपाध्यक्षमा तिम्सिनाले १ हजार ९ सय ८६ मत प्राप्त गर्दा एमालेकी प्रेमलता घिमिरेले १ हजार ९ सय ७४ मत प्राप्त गरिन्। उनीहरूबीच १२ मतले पराजित भइन् ।
मेन्छ्यायेमका वडा १, ४, ५, र ६ मा एमाले तथा वडा २ र ३ मा कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
प्रकाशित मिति: १६:३५ बजे, आइतबार, जेठ १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











