भरतपुर महानगरपालिकामा रोकिएको मतगणना पुनः सुरू
मत गन्ने क्रममा स्वस्तिक छापको विषयमा विवाद भएपछि मतगणना १५/२० मिनेटजति रोकिएको थियो।
चितवन, जेठ १ : भरतपुर महानगरपालिकामा रोकिएको मतगणना पुनः सुरू भएको छ।
मत गन्ने क्रममा स्वस्तिक छापको विषयमा विवाद भएपछि मतगणना १५/२० मिनेटजति रोकिएको थियो।
भरतपुर–१ को गणनामा स्वस्तिक चिन्ह कम र केही मसी बढी परेका मतलाई सदर मानिए पनि आज (शनिबार) त्यसलाई बदर गरिएको भन्दै एमालेले आपत्ति जनाएपछि विवाद भएको थियो।
सर्वपक्षीय बैठकमा स्वस्तिक छाप स्पष्ट नभएको र छापको बढी भाग चिन्हभन्दा बाहिर परेकालाई बदर मान्ने सहमतिपछि मतगणनाले निरन्तरता पाउन लागेको हो।
मतपत्रमा स्वस्तिक छाप पूर्ण रुपमा लागेको र क्रस चिह्न प्रस्ट देखिने मतलाई मात्रै सदर गर्नेगरी सहमति भएको सहायक निर्वाचन अधिकृत पुरुषोतम पौडेलले बताए।
प्रकाशित मिति: १६:१६ बजे, आइतबार, जेठ १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











