उदयपुरको लिम्चुङबुङमा माओवादी केन्द्रका राई विजयी
उदयपुर, जेठ १ : उदयपुरको लिम्चुङबुङ गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका नेता मेजरकुमार राईले विजय प्राप्त गरेका छन्।आइतबार सम्पन्न मतगणनामा राईले २ हजार ५१ मत...
उदयपुर, जेठ १ : उदयपुरको लिम्चुङबुङ गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका नेता मेजरकुमार राईले विजय प्राप्त गरेका छन्।
आइतबार सम्पन्न मतगणनामा राईले २ हजार ५१ मत पाए भने उनका प्रतिस्पर्धी एमालेका राजकुमार राईले १ हजार ५८९ मत ल्याए।
उपाध्यक्षमा कांग्रेसका पुष्पलाल राई १ हजार ९३३ मत ल्याई निर्वाचित भए। उनका प्रतिस्पर्धी एमालेकी देवकुमारी कार्कीले १ हजार ७३ मत पाइन्।
प्रकाशित मिति: १६:०१ बजे, आइतबार, जेठ १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











