कांग्रेस–एमाले–विप्लवको गठबन्धन तोड्दै थवाङमा माओवादी केन्द्र विजयी
थवाङमा नेकपा माओवादी केन्द्र विरुद्ध कांग्रेस–एमाले–विप्लव नेतृत्वको नेकपाले चुनावी तालमेल गरेका थिए ।
काठमाडौं, जेठ १ : रोल्पाको थवाङ गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।
माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षका उम्मेदवार ऋषिकेशव बुढामगर २ हजार १२२ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार दर्जित रोकाले १ हजार ५०६ मत ल्याए।
उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी शर्मिला बुढामगर २ हजार १२२ मत प्राप्त गर्दै विजयी भएकी छिन् । उनको निकटतम प्रतिस्पर्धी कांग्रेस–एमाले स्वतन्त्र गठबन्धनका उम्मेदवार रायबहादुर पुनले १ हजार ४८७मत पाएका थिए ।
थवाङमा नेकपा माओवादी केन्द्र विरुद्ध कांग्रेस–एमाले–विप्लव नेतृत्वको नेकपाले चुनावी तालमेल गरेका थिए ।
सो गाउँपालिकाको वडा नंं १, २, ३ र ५ मा नेकपा माओवादीले जितेको छ।
प्रकाशित मिति: १५:५७ बजे, आइतबार, जेठ १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











