Kathmandu Press

भरतपुर महानगरपालिकाको मतगणना रोकियो

मतगणना चलिरहँदा स्वस्तिक छापको विषयमा विवाद भएपछि भरतपुरको मतगणना रोकिएको हो। 
भरतपुर महानगरपालिकाको मतगणना रोकियो

काठमाडौं, जेठ १ : भरतपुर  महानगरपालिकाको मतगणना रोकिएको छ ।

मतगणना चलिरहँदा स्वस्तिक छापको विषयमा विवाद भएपछि भरतपुरको मतगणना रोकिएको हो। 

भरतपुरको वडा नम्बर २ को गणना जारी रहँदा सूर्य चिह्नमा परेको मतपत्रमा स्वस्तिको मसी केही बढी लागेको मतलाई बदर गरिएपछि विवाद उत्पन्न भएको हो। 

एमालेका प्रतिनिधिले निर्वाचन अधिकृत र गणक कर्मचारीको भूमीकामाथि प्रश्न उठाएका छन् । विवादपछि मतगणनास्थलबाट एमालेको प्रतिनिधि उठेर हिँडेका छन्। उनीहरुले विवाद समाधान नभएसम्म मतगणनास्थलमा कोही पनि प्रतिनिधि नबस्ने बताएका छन्। 


 

प्रकाशित मिति: १५:४१ बजे, आइतबार, जेठ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्